दफा ७४
सैनिक हिरासतमा राख्ने
(१) यस ऐनको क्षेत्राधिकारभित्र पर्ने व्यक्तिलाई परिच्छेद–७ बमोजिमको कुनै कसुरको अभियोग लागेमा सैनिक हिरासतमा राख्न सकिनेछ ।
(२) कसुरको अभियोग लागेको व्यक्तिलाई निजभन्दा माथिल्लो दर्जाको जुनसुकै अधिकृतले सैनिक हिरासतमा राख्ने आदेश दिन सक्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि झगडा, हुलदंगा वा गोलमालमा संलग्न व्यक्ति आपू भन्दा माथिल्लो दर्जाको अधिकृत भए तापनि तल्लो दर्जाको अधिकृतले सैनिक हिरासतमा राख्ने आदेश दिन सक्नेछ ।
(४) सैनिक अदालतवाट नहेरिने कुनै कसुरको अभियोगमा अन्य अदालतमा मुद्दा दायर गर्नु पर्ने व्यक्तिलाई अनुसन्धान तहकिकातदेखि मुद्दा दायर गर्दासम्मको अवधिमा कानुन बमोजिम थुनामा राखी कारबाही गर्नु पर्ने भयो भने निजलाई सेवाबाट निलम्बन गरी त्यस्तो अदालतको आदेशले सैनिक वा प्रहरी हिरासतमा राख्न सकिनेछ । सैनिक हिरासतमा रहेको अवस्थामा अदालतमा उपस्थित गराउनु परेमा सम्बन्धित सैनिक अधिकारीले गराउनेछ ।
तर मुद्दा दायर भएपछि सैनिक हिरासतमा राखिने छैन ।
(५) सैनिक अदालतमा मुद्दा दायर गर्ने भएमा सैनिक अदालतमा र अन्य अदालतमा मुद्दा दायर गर्ने भएमा अन्य अदालतमा पठाइनेछ ।